एन आई सी एशिया क्यापिटल र युनाइटेड बिजनेश होटल बीच सम्झौता

२०८० फाल्गुन २३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ।  एन आई सी एशिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेश होटल प्रा.लि. बीच क्यापिटलको आइडीया टु आइपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, शेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

एन आई सी एशिया क्यापिटलले ‘आइडीया टु आइपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।

क्यापिटलले आइडीया टु आइपीओ सेवा मार्फत युनाइटेड बिजनेश होटल प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराउन प्राविधिक सहयोग गर्नेछ । साथै होटललाई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर  निष्काशन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्ती गर्नेछ।

 एन आई सी एशिया क्यापिटलले आइडीया टु आइपीओ सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गर्न तथा साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा  दिइरहेको छ । उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटललाई सम्पर्क गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय