काठमाडौं– कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई अनलाइन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ ।
उक्त मोड्युल सार्वजनिक भएसँगै बैंकमा खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनु पर्ने छैन । अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भएपनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्न बैंकमा उपस्थित हुनैपर्ने व्यवस्था थियो ।



उक्त प्रविधिलाई थप परिष्कृत बनाउँदै ग्राहकले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग माग गरिएका कागजात तथा अन्य आवश्यक विवरण रेकर्ड गरि आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सकिने छ । बैंकले यो व्यवस्था ल्याएसँगै स्वदेश तथा विदेशमा रहेका ग्राहकले विभिन्न प्रकारका खाता खोल्न सक्ने बैंकको भनाइ छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आफ्नो खाता खोलेर डिम्याट, मेरोसेयरलगायतका सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।








