काठमाडौं : महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा हुने संगठित संस्थाको वर्गिकरणमा ‘ए’ वर्गमा पर्न सफल भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडद्वारा जारी गरिएको सूचना बमोजिम संगठित संस्थाको वर्गीकरणमा बैंक ‘ए’ वर्गमा पर्न सफल भएको हो ।



धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको छ ।
‘सबल बैक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै बैंकले विगत २८ वर्षदेखि सेवा दिँदै आएको छ । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको सो बैंकको देशभर एक सय तीन शाखा कार्यालयहरु रहेका छन् ।








