काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ललितपुरमा दुई नयाँ शाखा विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा–१५ मा सातदोबाटो शाखा र वडा–२५ स्थित भैंसेपाटी शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाबाट बिहीबारदेखि सेवा सुरु भएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधा दिने प्रतिवद्धता जनाए । बैंकले हालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे थियो ।











