काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २७ दशलमव २४ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू.२ अर्ब ७८ करोड नाफा कमाएकोमा चालू आवमा घटेर रू.२ अर्ब ४ करोडमा सिमित भएको हो ।
चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेकाले र सञ्चालन नाफा घटेकाले नाफा घटेको देखियो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशलमव ९२ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशलमव ६८ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा २५ प्रतिशत घटेको छ ।



कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा ३७ दशलमव ९९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू.६ अर्ब ५४ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ९ अर्ब २ करोड भन्दा बढी पुगेको छ ।
चुक्ता पूँजी रू. ३६ अर्ब १२ करोड रहेको कम्पनीले जगेडामा रू.२२ अर्ब भन्दा बढी सञ्चिती गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा,मूल्य आम्दानी अनुपात १८ दशमलव १३ गुणा , तरलता अनुपात ३१ दशलमव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ सय ५७ रुपैयाँ ४० पैसा रहेको छ ।








