इजिप्टले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग प्रारम्भिक ३ अर्ब अमेरिकी डलर ऋण सम्झौतालाई ८ बिलियन डलरमा बढाउन वित्तीय सम्झौतामा हस्ताक्षर गरेको इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले बताउनुभएको छ । सम्झौताको एक भागको रूपमा, इजिप्टले वातावरणीय दिगोपनलाई प्रवद्र्धन गर्ने छुट्टै सुविधाबाट करिव १.२ बिलियन अमेरिकी डलरको ऋण पनि प्राप्त गर्नेछ । आईएमएफ बाहेक विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय साझेदारहरूले पनि इजिप्टलाई एक एकीकृत कार्यक्रममार्फत मौद्रिक स्थिरता हासिल गर्न राज्यलाई सहयोग गर्न नरम ऋण उपलब्ध गराउने बताउनु भयो । आईएमएफ सम्झौता पछि इजिप्टको सुधार कार्यक्रमको पहिलो अवधिमा हाम्रो लक्ष्य भनेको खर्चलाई तर्कसंगत बनाउनु र इजिप्टमा निजी क्षेत्रको लगानीलाई बढावा दिनु रहेको बताउनु भयो ।











