आर्थिक स्वतन्त्रताका लागि व्यापारमा अफगान महिला

२०८१ बैशाख २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अफगान महिलाहरू घरायसी भुमिकामा मात्र सीमित छन् भन्ने प्रचलित धारणाको बीचमा केही महिलाहरुले आफ्नो आर्थिक स्वतन्त्रताको लागि शाहसपूर्वक व्यवसाय शुरु गरेका छन् । ट्रेलब्लाजर सोना मिर्जादा पनि घरायसी भुमिकाबाट बाहिर आफ्नै आर्थिक उपार्जन गर्ने काममा सक्रिय हुनुभएको छ । जो अफगानिस्तानको राजधानी काबुलमा आयोजित कृषि उत्पादनको वार्षिक मेलामा आफ्नो व्यवसाय र बिक्री बिस्तार गर्ने आशामा आफ्ना उत्पादनहरू प्रदर्शन गर्नु पुग्नुभएको थियो । अफगानिस्तानको कामचलाउ सरकारको कृषि, सिंचाई र पशुधन मन्त्रालयले कृषि उत्पादन र व्यापारलाई अघि बढाउने उद्देश्यले बुधवारदेखि चार दिने कार्यक्रम आयोजना गरेको थियो । स्थानीय व्यापारी तथा कृषकले ५६ महिलासहित २६३ स्टलमा आफ्ना उत्पादन तथा उपभोग्य वस्तुको प्रदर्शनी राखेका थिए । बल्खको प्रान्तीय राजधानी मजार–ए–शरीफकी निवासी मिर्जादाले एक वर्षअघि आफ्नो आयआर्जन गर्ने परियोजना शुरु गर्नुभएको थियो । मिरजादाले गत वर्ष उहाँको पुँजी ११ लाख अफगानी भएको बताउनु भयो । जसले गर्दा उहाँका प्रत्येक महिला कामदारले मासिक ५ हजार अफगानी रकम कमाउनु भयो ।

उहाँले आफूहरुले कृषि र पशुपालनमा संलग्न रहेको र कृषि क्षेत्रमा खुर्सानी बिरुवाहरु रोप्ने र बेच्ने काममा लागेको बताउनु भयो । अर्की व्यवसायी नाजिमा ख्वाजाजादाले आफ्नो ध्यान हातले बुनेको गलैंचा, हस्तकलाका सामान र चाँदीका गहना बेच्नमा केन्द्रित रहेको बताउनु भयो । एक महिला उद्यमीको नेतृत्वमा रहेको स्थानीय उद्यम नरसीज कम्पनीमा सेल्स पर्सनको रूपमा कार्यरत, ख्वाजाजादाले अन्य अफगान महिलाहरूलाई समर्थन र सशक्तिकरण गर्न आफ्नो प्रयासलाई प्रकाश पार्नुभयो ।

उहाँले आफूले काम गरिरहेको उद्योगकी हाकिम एक महिला रहनुभएको र उहाँले महिला सशक्तिकरणमा योगदान पु¥याउनुभएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय