अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

२०८० मंसिर ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अमेरिकी डलरको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधवार १ अमेरिकी डलरको खरीददर १३३ रूपैयाँ ०८ पैसा र विक्रीदर १३३ रूपैयाँ ६८ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३३ रूपैयाँ ०५ पैसा र विक्रीदर १३३ रूपैयाँ ६५ पैसा कायम भएको थियो ।

यसअघि गत कात्तिक २५ गते डलरको मूल्य उच्च विन्दुमा पुगेको थियो । कात्तिक २५ मा एक अमेरिकी डलरको खरीददर पनि १३३ रूपैयाँ ०५ पैसा र विक्रीदर १३३ रूपैयाँ ६५ पैसा कायम भएको थियो।

आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको खरीददर १४५ रूपैयाँ ६२ पैसा र विक्रीदर १४६ रूपैयाँ ०१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४५ रूपैयाँ ३६ पैसा र विक्रीदर १४६ रूपैयाँ ०१ पैसामा कारोबार भएको थियो ।

त्यसैगरि, आज चिनिया युआनको भाउ पनि बढेको छ । आज १ चिनिया युआनको खरीददर १८ रूपैयाँ ६५ पैसा र विक्रीदर १८ रूपैयाँ ७३ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीददर १८ रूपैयाँ ५७ पैसा र विक्रीदर १८ रूपैयाँ ६५ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मूद्राको विनिमयदर ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय