काठमाडौं । कालिमाटी बजारमा डल्ले च्याउको मूल्य एकैदिन ५५ रुपैयाँले घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिवार प्रतिकिलो औसत ३४५ रुपैयाँमा विक्री भएको डल्ले च्याउ आज १५ प्रतिशतले घटेर प्रतिकिलो २९० रुपैयाँमा विक्रि भइरहेको छ । यस्तै, अन्य च्याउ आज प्रतिकिलो १८० रुपैयाँमा विक्री भएको छ । अघिल्लो दिन पनि कन्य च्याउ सोही मूल्यमा विक्री भएको थियो ।



त्यसैगरी, आज च्याउको आगमन भने २४ प्रतिशतले बढेको छ । शनिवार ५१५ किलोग्राम च्याउ बजार भित्रिएको थियो भने आज ६४० किलोग्राम च्याउ बजार भित्रिएको छ ।








