कति छ आज तरकारी तथा फलफूलको मूल्य ?

२०८१ बैशाख १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि कृषि उपजहरूकाे मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २००, कालो अंगुर २८०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, हरियो तरबुजा ३५, नेपाली मेवा ९० चुकुन्दर ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेडा २० र भारतीय ठूले गोलभेडा ६०, अदुवा २६०, रातो आलु ४५ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ४०, लौका ४०, कागती ३००, लोकल काक्रो ४५, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ४०, हाइब्रीड सेतो मूला ४० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ८० र राजमा घिउ सिमी ९० रुपैयाँ र टाटे सिमी १४० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी ३० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ७० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय