आगमन घट्दा सेतो मुलाको मूल्य १२३ प्रतिशतले बढ्यो

२०८० फाल्गुन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पछिल्लो एक सातामा सेतो लोकल मुलाको मूल्य १२३ प्रतिशतले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताअघि सेतो लोकल मुला प्रतिकिलो १२ रुपैयाँ औसत मूल्यमा विक्री भएकोमा आज प्रतिकिलो २७ रुपैयाँ पुगेको छ ।

त्यसैगरी एक सातामा मुलाको आगमन भने ४६ प्रतिशतले घटेको छ । गत साता २७ हजार ५१० किलोग्राम मुला भित्रिएको थियो भने आज १४ हजार ५८२ किलोग्राम मुला भित्रिएको छ ।

आज अन्य तरकारीको मूल्य कति ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय