आगमन घट्दा टाटे सिमीको मूल्य १४५ प्रतिशतले बढ्यो

२०८० माघ १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पछिल्लो एक महिनामा टाटे सिमीको आगमन घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिनाको अवधिमा टाटेसिमीको आगमन ८१ प्रतिशतले घटेको छ । समितिका अनुसार गत महिना १ हजार ६५० किलोग्राम टाटे सिमी बजार भित्रिएको थियो भने आज ३०० किलोग्राम टाटेसिमी बजार भित्रिएको छ ।

आगमन घट्दा मूल्य भने १४५ प्रतिशतले बढेको समितिले जनाएको छ । गत महिना ३५ रुपैयाँ प्रतिकिलो विक्री भएको टाटे सिमी आज ८६ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

आज अन्य तरकारीको मूल्य कति?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय