एक सातामा काउलीको मूल्य ४४ प्रतिशतले बढ्यो

२०८० माघ १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । पछिल्लो एक सातामा काउली (बन्दा)को मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताको अवधिमा स्थानीय काउलीको मूल्य ४२ प्रतिशतले, स्थानीय काउली ज्यापु ४४ प्रतिशतले मूल्य बढेको छ । यस्तै, बन्दा लोकल ८ प्रतिशतले र बन्दा नरिवल २० प्रतिशतले मूल्य बढेको समितिले जनाएको छ ।

समितिका अनुसार एक साताअघि स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ३५ रुपैयाँ रहेकोमा आज ५० रुपैयाँ पुगेको छ । गत साता प्रतिकिलो ४५ रुपैयाँ औसत मूल्य रहेको ज्यापु काउलीको भाउ आज ६५ रुपैयाँ पुगेको छ । गत साता प्रतिकिलो ३२ रुपैयाँ औसत मूल्य रहेको बन्दा आज ३५ रुपैयाँ पुगेको छ ।

आज अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय