चुलियो लसुनको मूल्य

२०८० मंसिर १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कालीमाटी बजारमा आज हरियो लसुनको भाउ एकैदिन ३३ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिन प्रतिकिलो ८५ रुपैयाँमा विक्री भएको लसुन आज सोमवार प्रतिकिलो ११३ रुपैयाँमा पुगेको छ ।  समितिका अनुसार लसुनको आगमन पनि ६६ प्रतिशतले बढेको छ ।

गत शनिवार ३ हजार २५० किलोग्राम हरियो लसुनको कालीमाटी बजार भित्रिएकोमा आइतवार ५ हजार ४०० किलोग्राम हरियो लसुन भित्रिएको छ ।

कालीमाटी बजारमा आज अन्य तरकारी,फलफूलको थोक मूल्य कति?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय