बर्डफ्लुका कारण भारतमा झन्डै एक हजार पंक्षी मारिए

२०८१ जेष्ठ ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूर्वी भारतको झारखण्ड राज्यमा बर्ड फ्लुको प्रकोप पछि अधिकारीहरूले कुखुराहरू मार्न थालेका छन् । झारखण्डको राजधानी शहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले शतर्कता अपनाएका छन् । पशुपालन विभागका ¥यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म ७७० हाँससहित ९२० कुखुरा मारिएको अधिकारीहरुले जनाएका छन् । पोल्ट्री फार्ममा रहेका ४ हजार ३ सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय