म्यानमार धान महासंघले हालै जारी गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४–२५ को पहिलो महिना अप्रिलमा म्यानमारले ११ लाख १८ हजार ६२ टन चामल निर्यात गरेको छ । अप्रिलमा ४२ हजार ७७० टन चामल र ६९ हजार ९२ टन टुक्रा चामल निकासी भएको थियो ।
म्यानमार राइस फेडेरेसनको तथ्यांकअनुसार गत वर्षको सोही अवधिमा निर्यातको मात्रा ८७ हजार ६४८ टन रहेको थियो । म्यान्मारले इण्डोनेसिया, फिलिपिन्स, चीन, पोल्याण्ड, मलेसिया, बेल्जियम, नेदरल्याण्ड्स र भियतनामलगायत २० भन्दा बढी देश र क्षेत्रहरूमा चामल र भाँचिएको चामल निर्यात गरेको थियो ।



आर्थिक वर्ष २०२३–२४ मा म्यानमारले १६ लाख टनभन्दा बढी चामल र भाँचिएको चामल निर्यात गरी ८४ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको महासंघले जनाएको छ ।








