कम्बोडिया र लाओसले दुई देश र जनताको हितका लागि आफ्नो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहयोगलाई बढावा दिने समझदारी गरेका छन् । राजधानी नोम पेन्हस्थित शान्ति दरबारमा कम्बोडियाका प्रधानमन्त्री हुन मानेट र लाओका राष्ट्रपति थोङ्लोन सिसोलिथबीच भएको भेटवार्तामा उक्त प्रतिवद्धता गरिएको हो । दुवै पक्ष ऊर्जा, कनेक्टिभिटी, सीमा मामिला, अन्तरदेशीय अपराध नियन्त्रण, रक्षा र सुरक्षाका साथै जनस्तरको आदानप्रदानलगायतका प्रमुख क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप प्रवद्र्धन गर्न सहमत भएका छन् । दुई देश र जनताको साझा समृद्धिका लागि व्यापक र दिगो रणनीतिक साझेदारीलाई थप प्रवद्र्धन गर्न दुवै नेता सहमत भएका छन् । कम्बोडियाका राजा नोरोडम सिहामोनीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि थोङलोन मंगलवार बिहान नोम पेन्ह पुग्नुभएको थियो ।











