प्रतिनिधि सभामा सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०८० को प्रतिवेदन पेश

२०८१ जेष्ठ १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रतिनिधि सभामा सुरक्षण मुद्रणसम्बन्धि विधेयक २०८० सम्बन्धि संसदीय समितिको प्रतिवेदन पेश गरिएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सम्बन्धित पक्षसँग छलफल गरी तयार पारेको सो विधेयक सम्बन्धि प्रतिवेदनमा पेश गरिएको हो । सम्बन्धित मन्त्रालय, संशोधनकर्ता सांसदहरु र विज्ञहरुले दिएको सुझावको आधारमा सो प्रतिवेदन तयारी पारी प्रतिनिधि सभा बैठकमा पेश गरिएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सञ्चारमन्त्री, सञ्चार सचिव, कानून मन्त्रालय र संशोधनकर्ता सांसदहरुको दिएको सुझावलाई समेत समेटेर सो प्रतिवेदन तयारी पारिएको छ ।’
सो विधेयक राष्ट्रिय सभाबाट उत्पति भई प्रतिनिधि सभाको सो समितिमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय