घलेम्दी हाइड्रो कम्पनीले जारी गरेको दुई सय प्रतिशत हकप्रद सेयरमा अहिलेसम्म कुल आवेदनको १४.६३ प्रतिशत आवेदन परेको छ ।
कम्पनीले चुक्तापुँजीको दुई सय प्रतिशत अर्थात कम्पनीले १ : २ को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । निष्कासित १ करोड १० लाख कित्ता मध्ये हालसम्म १४ हजार १७ जनाले १६ लाख १० हजार एक सय छ कित्ताका लागि आवेदन दिएका छन् ।यस हकप्रद सेयरमा पुस १ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



कम्पनीले हकप्रदको पैसा सांग्रिला उर्जा प्रालिद्वारा प्रबद्र्धित संखुवासभामा रहेको छुजुङ्ग खोला जलविद्युत आयेजनामा कम्तिमा ५१ प्रतिशत हुने गरि सेयर हाल्ने जनाएको छ ।








