काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको प्रथम वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले कम्पनीको वार्षिक प्रतिवेदन पेश गर्नु भएकोमा सभाले सर्वसम्वत पारित गरेको छ ।
उक्त सभाबाट सर्वसाधारणलाई कम्पनीको साधारण सेयर निष्काशन गर्ने तथा सो कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको संचालक पदमा र्निविरोध निर्वाचित भएका हुन् ।



यसअघि नै स्वतन्त्र संचालकमा पवित्र लाल चुकेलाई नियुक्त गरेको थियो । सभाले आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८०/८१ को लागि बाह्य लेखापरिक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ । प्रथम वार्षिक साधारण सभामा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठबाट स्वागत मन्तब्य व्यक्त गरे । सभामा उपस्थित सेयरधनी महानुभाव तथा अन्य उपस्थित ब्यक्तिहरुको लागि कम्पनीको प्रगतीको बारे जानकारी गराए ।








