हिमालयन रि इन्स्योरेन्सको तेस्रो बार्षिक साधारण सभाबाट लाभांश वितरण गर्ने र नियामकले तोकेको पुँजी कायम गर्न हकप्रद जारी गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन भएको छ ।
राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग काठमाडौँमा आइतबार सम्पन्न भएको तेस्रो वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको चुक्ता पुँजीको ४ प्रतिशतका दरले (४० करोड रुपैयाँ) बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दरले (२ करोड १० लाख ५२ हजार ६३१ रुपैयाँ ५८ पैसा) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।



उक्त सभामा गत आर्थिक वर्ष (आव) २०७९/८० का लागि प्रस्तावित ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद गरी कुल ४ दशमलव २१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ । यस्तै सभाले बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको हो ।
सभामा गत आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तीय विवरणहरू पारित तथा चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ ।








