गुहेश्वरी फाइनान्सको २२औं साधारणसभा

२०८० पुष २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा फाइनान्स सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीले आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्षद्वारा पेश गरिएको प्रतिवेदन पारित गरिएको थियो । फाइनान्सको पुस २७ गतेसम्म कुल निक्षेप आठ अर्ब १८ करोड र कुल कर्जा लगानी ६ अर्ब रहेको बताइएको छ ।

राष्ट्रियस्तरको यस फाइनान्सले हाल देशभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । कारोबार विस्तारको लागि निकट भविष्यमा विभिन्न सम्भावित स्थानमा थप शाखा विस्तार गर्ने योजना रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय