काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा कम्पनीको साधारणसभा सम्पन्न भएको हो ।
उक्त सभाबाट सर्वसाधारण शेयरधनी (समूह ख)को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक र स्वतन्त्र सञ्चालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण शेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र सञ्चालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको छ ।



साथै सभाले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको हो ।








