सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

२०८० आश्विन १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गरेसँगै आज अर्थात असोज १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ दशलमव ७९ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने  प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज २६ गते साधारण सभा बोलाएको छ । सभा बिहान ११ अमृतभोग कालिकास्थान ,डिल्लीबजार काठमाडौंमा हुने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय