सिटिजन्स बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही असोज २६ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा वार्षिक साधारणसभा गर्न लागेको हो ।
साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीको पाँच दशमलव ७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार छ सय ५२ रुपैयाँ ९६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि बैंकको यही असोज १५ गते सेयर दर्ता किताब बन्द हुने बैंकले जनाएको छ ।











