ग्लोबल आइएमई बैंकको ३५ लाख भन्दा कित्ता बोनस शेयर सूचीकृत

२०८१ बैशाख १०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्जमा ग्लोबल आइएमई बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ३५ लाख ७७ हजार १०५ दशमलव ९६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

कम्पनीले गत मङ्सिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय