डिम्याट र मेरो सेयर खातामा विद्यार्थीलाई छुट

२०८१ बैशाख ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं- एसईई परीक्षामा सहभागी भएका विद्यार्थीलाई लक्षित गरी नेपाल एसबिलाई मर्चेण्ट बैंकिङले नयाँ योजना सार्वजनिक गरेको छ । मर्चेन्टले हालै एसईई परीमा सहभागी भएका विद्यार्थीलाई डिम्याट तथा मेरो सेयर खाता खोल्न जेठ मसान्तसम्मका लागि छुट योजना ल्याएको जनाएको छ ।

यस्ता खाताको सहज पहुँचले विद्यार्थीलाई सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पुँजी बजारमा सहभागिताका साथै वित्तीय शिक्षा र लगानी गर्न विद्यार्थीमा सानै उमेरदेखि जागरुग गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ । उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागि बैंकका शाखा तथा नेपाल एसबिआई मर्चेण्टका कार्यालयमा सो सुविधा पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय