फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर सूचीकृत

२०८० फाल्गुन १७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ८ लाख ६० हजार ८०९ दशमलव ४६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

कम्पनीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सोही सभाले ७ दशमलव ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । abhiyan

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय