हिमालयन रिइन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

२०८० फाल्गुन ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन रिइन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पपनीको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले हिमालयन रिइन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६२० दशमलव २९ कायम भएको छ ।

नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६४५ दशमलव १० मा अन्तिम कारोबार भएको थियो ।

त्यस्तै नेप्सेले एशियन लाइफ इन्स्योरेन्सको ७ दशमलव ७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६१६ दशमलव ८० कायम भएको छ ।

नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६६४ दशमलव ६० मा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर सोमवार दोस्रो बजारमा यी कम्पनीको शेयर कारोबार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय