३८.३७ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

२०८० श्रावण २१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साताको पहिलो दिन आइतवार (आज) शेयर बजार परिसूचक नेप्से ३८ दशमलव ३७ अंकले घटेको छ ।

अघिल्लो कारोबार दिन ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको नेप्से आज २ हजार ५१ दशमलव ४७ विन्दुमा झरेको हो । आज नेप्सेमा १ दशमलव ८३ प्रतिशतले गिरावट आएको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन गत बिहीवार १ अर्ब ७८ करोडभन्दा बढीको शेयर कारोबार भएकोमा आज त्यो रकम २ अर्ब ६८ करोडभन्दा बढी पुगेको छ । आइतवार २६५ धितोपत्रको ८० लाख ७ हजार ३६१ कित्ता शेयर ६१ ह्जार ९ सय १७ पटक कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय