काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २६ हजार ९६० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले देबी प्रकार भट्टचनको नाममा रहेको ५ हजार कित्ता र रुपक कुमार मल्लको नाममा रहेको २१ हजार ९६० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यी शेयर विक्रीमा ल्याएको हो ।
तोकिएको अवधिभित्र इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।











