नेशनल लघुवित्तको ६३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

२०८० माघ ४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार २४२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री खुला गरेको छ । इच्छुक खरीदकर्ताहरूले आगामी १० दिनभित्र कम्पनीको कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय