चितवन। नवलपुरको गैंडाकोटमा रहेको मौलाकाली केबलकारले साधारण शेयर जारी गर्ने भएको छ । हालै सम्पन्न कम्पनीको सातौं वार्षिक साधारणसभाले सो निर्णय गरेको हो ।
केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटलको निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महीनाभित्रमा होटल सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।



गैंडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिँइदै आएको स्थानीय छूट अब गैंडाकोट नगरपालिकावासी सबैलाई दिइने उनले बताए । मौलाकाली केवलकार गत वैशाखदेखि सञ्चालनमा आएको हो । हालसम्म २ लाख १५ हजारभन्दा धेरैले केवलकार यात्रा गरेको स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए ।








