जोशी हाइड्रोपावरले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनमा दियो निवेदन

२०८० पुष १२, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।

कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि मङ्सिर २० गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी रू. ३७ करोड १४ लाख छ । हकप्रद निष्कासन बाँडफाँटपछि कम्पनीको पूँजी रू. ६१ करोड २८ लाख १० हजार पुग्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय