मुक्तिनाथ विकास बैंकको शेयर कारोबार रोक्का

२०८० पुष ६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीले पुस ५ गते (बिहीबार) दिउँसो साढे २ बजे सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट कुल १० दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

शेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय