तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा

२०८० मंसिर १९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार मंगलवार फुकुवा गरेको छ ।

मानवीय त्रुटिका कारण समयमा लाभांश घोषणासम्बन्धी जानकारी समयमा बुझाउन नसकिएको भन्दै कम्पनीले स्पष्टीकरण दिएपछि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीले यही मंसिर १८ गते लाभांश घोषणासम्बन्धी जानकारी समयमा नै नदिएको भन्दै नेप्सेले होटल्सको शेयर कारोबार रोक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय