आजबाट सेयर बजार खुल्ने

२०८० मंसिर ४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज सोमबार (मंसिर ४ गते) देखि सेयर बजार खुल्ने भएको छ । तिहार तथा छठ पर्वको विदाका कारण कात्तिक २६ गतेदेखि बन्द रहेको बजार आजबाट नियमित समय अर्थात् ११ बजेदेखि खुल्नेछ । यसअघिको अन्तिम कारोबार दिन नेप्से सूचक ११.८५ अंकले घटेर १८ सय ५१.०८ विन्दुमा बन्द भएको थियो । आज सोही विन्दुबाट कारोबार सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय