कारोबारमा आएको पहिलो दिनमै सोनापुर मिनरल्सको शेयर मूल्यमा नेगेटिभ सर्किट

२०८० कार्तिक १२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा शेयर निष्कासन गरेको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयर कारोबारमा आएको पहिलो दिन नै नेगेटिभ सर्किट लागेको छ ।

कम्पनीको शेयर कात्तिक २ गते सूचीकृत भई आज (कात्तिक १२ गते)देखि कारोबारमा आएको हो । पहिलो कारोबारका लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको यस कम्पनीको शेयर आज स्पेसल प्रि-ओपन सेसनमा ३५० रुपैयाँमा कारोबार खुलेको थियो ।

नियमित बजार खुल्नेबित्तिकै ओरालो लागेको कम्पनीको शेयर अहिले १० प्रतिशत घटेर प्रतिकित्ता रू.३१५ मा कारोबार भइरहेको छ । माथिल्लो रेञ्जमा कम्पनीको शेयर खुला भएसँगै विक्रेता हाबी भएका छन् ।

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ४ लाख ६० हजार ५४३ कित्ता शेयर विक्री माग छ भने खरीद माग शून्य छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय