फ्री ब्यालेन्स रहेको यकिन गरेर मात्रै शेयर विक्री गर्न सिडिएससीको अनुरोध

२०८० आश्विन १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले ‘फ्री ब्यालेन्स’ रहेको यकिन गरेरमात्रै शेयर बिक्री गर्न लगानीकर्ताहरुलाई सचेत गराएको छ ।
वल्र्ड इन्भेस्टर विक–२०२३ का अवसरमा सचेतनामूलक सूचना प्रकाशित गर्दै सिडिएससीले यस्तो सचेत गराएको हो । मेरो शेयरमा फ्री ब्यालेन्स रहेको यकिन गरेरमात्रै शेयर बिक्री गर्नुपर्ने जानकारी दिएको छ ।
सिडिएससील तोकिएको समयभित्रै ईडीआईएस गर्न पनि लगानीकर्ताहरुलाई अनुरोध गरेको छ । अन्यथा क्लोजआउटबापत २० प्रतिशत जरिवाना तिर्नुपर्ने पनि जानकारी गराएको हो ।

कारोबार गरेको भोलिपल्ट (टी प्लस वान)भित्र आफू बिक्री गरेको धितोपत्र सम्बन्धित ब्रोकरको पुल खातामा जम्मा गरिसक्नुपर्ने प्रावधान छ ।
त्यस्तै धितोपत्र कारोबारको राफसाफ फछ्र्यौट टी प्लस टु हुने भएकोले राफसाफ समयभित्र बिक्री गरेको धितोपत्र तथा खरीद गरे बराबरको रकम निर्धारित समयमा जम्मा गरिसक्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय