काठमाडौं । साबिक सन्राइज बैंक लिमिटेडले जारी गरेको ५ वर्षे अवधिको डिबेन्चर परिपक्क भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको १० लाख कित्ता डिबेन्चर जारी गरेको थियो ।
‘१०५ सन्राइज डिबेन्चर २०८०’ नामको डिबेन्चर वैशाख ३१ गतेपछि परिपक्क भएको हो । डिबेन्चर परिपक्क भएसँगै धितोपत्र दोस्रो बजारमा सूचीकरण समेत खारेज गरिएको छ ।



कम्पनीको आग्रहबमोजिम सूचीकरण खारेज गरिएको नेप्सेले जानकारी दिएको छ । सम्बन्धित डिबेन्चरधनीले अब आफ्नो स्वामित्वमा रहेको डिबेन्चरबापत्को रकम फिर्ता भुक्तानी पाउनेछन् ।








