माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव अल्पमतमा

२०८१ बैशाख ३०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मधेस सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाएपछि सरकारबाट समर्थन फिर्ता लिएको हो । माओवादी केन्द्रले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेस सरकार अल्पमतमा परेको छ । प्रदेशका १ सय ७ प्रदेस सभा सदस्यहरुमध्ये मधेस सरकार बनाउन ५४ प्रदेस सभा सदस्यको समर्थन आवश्यक हुन्छ ।

पछिल्लो पटक ६१ प्रदेस सभा सदस्यहरुको विश्वासको मत पाउनुभएका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रदेस सरकार अल्पमतमा परेको हो । प्रदेस सभामा माओवादी केन्द्रका ९ प्रदेस सभा सदस्य रहेका छन् । यसअघि आईतवार नै मधेस सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको थियो  ।

आईतवार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाउनुभएको थियो । साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उहाँले सम्हाल्न स्वीकार गर्नुभएको थिएन । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय