संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्छः सभामुख घिमिरे

२०८० माघ १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।

शनिवार मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयता नेपाल जस्तो मुलुकमा जरुरी थिएन भन्नेकुराहरु धेरै चर्चामा आइरहेको बताउनु भयो । उहाँले संघीयता खर्चको बोझ मात्रै भएको र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने बिरोध र टिप्पणी हुने गरेको बताउनु भयो । उहाँले संघीयतालाई सही रुपबाट प्रयोग गर्नसकने यसले ठूला काम गर्नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘खासगरी संघीयता नेपाल जस्तो मुलुकमा जरुरी थिएन भन्नेकुराहरु धेरै चर्चामा आइरहेको छ । खर्चको बोझ मात्रै भएको छ र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने बिरोध र टिप्पणीसँगसँगै संविधानमाथि टिप्पणी हुने गरेको छ । वास्तवमा संघीयतालाई प्रयोग गर्ने हो भनेदेखि यसले ठूलाठूला कामहरु गर्नसक्छ । त्यसैले हाम्रो गाउँघरको उखान छ, जहाँ इच्छा त्यहाँ उपाय । यदी इच्छा गर्ने हो भने केही न केही उपाय आउन सक्छन् ।’ 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय