त्रिशूली नदीमा बस खस्दा ८ जनाको ज्यान गयो

२०८० भाद्र ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैँबाट पोखरा जँदै गरेको बस त्रिशुली खसेको छ । प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-२ चालीसेछहराबाट त्रिशूली नदीमा  खसेको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले अहिलेसम्म  १८ जनाको जिवितै उद्धार गरेको छ ।

दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सन्तु जयसवालले दैनिकीलाई जानकारी दिए ।

बिहान ११:१५ बजे बस नदीमा खसेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनले दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डिएसपिको कमाण्डमा १६ जना र बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डिएसपिको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना उद्धारमा परिचालित भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय