यात्रुवाहक बस धादिङको छहरानजिकै त्रिशुली नदिमा खस्यो

२०८० भाद्र ६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौंबाट बाग्लुङ जाँदै गरेको यात्रुवाहक बस धादिङ्को छहरानजिकै दुर्घटनामा परेको छ।

दुर्घटनामा परेको उक्त बस सडकबाट त्रिशुली नदीमा खसेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय