आईतवारको राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रश्तुत गर्नुभएको हो । विधेयकमाथि सांसदहरुले सभा आफ्ना धारणा राखेसँगै मन्त्री शर्माले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । मन्त्री शर्माले जवाफ दिएसँगै सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभयो ।
त्यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदार भण्डारीले सरकारको तर्फबाट प्रश्तुत गर्नुभएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले स्वीकृत भएको अध्यक्ष दाहालले घोषणा गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक सोमवार दिउँसो मध्यान्ह सवा १२ बजे बस्ने गरी स्थगित भएको छ ।