काठमाडौं ।
। काठमाडौंमा बुधबारदेखि पाँचौं राष्ट्रिय मह मेला हुने भएको छ । मेलाले मह उत्पादक किसानलाई बजार प्रवर्धनमा सघाउँदै आएको छ ।



नेपाल मौरीपालक महासंघ, नेपाली मौरीपालन सहकारी संघ लिमिटेड र व्यवसायिक किट विकास केन्द्रले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपभोक्तालाई मौरीजन्य उपजहरुको जानकारी गराउन मह मेला आयोजना गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार नेपालमा व्यवसायिक मह उत्पादन खपत र निकासीको प्रशस्त सम्भावना छ । तर, सरकारले पर्याप्त जानकारी दिन नसक्दा मह उत्पादक कृषकहरु अलमलिएको उनले बताइन् ।
त्यस्तै, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका अध्यक्ष उमेशप्रसाद सिंहले मौरीपालकहरुको छाता संस्थाको रुपमा रहेर मौरीपालक किसानको माग सम्बोधन नहुनु बिडम्बना रहेको उल्लेख गर्दै स्थानीय उत्पादनलाई राजधानीदेखि विदेश निर्यातमा यस मेलाले महत्वपूर्ण योगदान गर्ने बताए ।
उनले भने, ‘मौरीपालक किसानले उत्पादन गरेको महको खपत र बजारका लागि भौतारिइरहनुपर्ने बिडम्बना छ । हामी मौरीपालकहरुको छाता संस्थाको रुपमा रहेर किसानका मागहरु सम्बोधन गर्न नसक्नु बिडम्बना जस्तै हुन्छ । त्यसैले यस मेलामा कृषिमन्त्रीदेखि सरोकारवालाहरुलाई बोलाएर सचेत गराउनेछौं ।’
न्यून भन्सारमा विदेशी कम गुणस्तरको मह नेपाल भित्रिने प्रवृति रोक्न उक्त मेलाले सहयोग गर्ने अपेक्षा गरिएको छ ।








