काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । बिहीबार राति सुरु भएको आगलागी निभाउन दमकलहरु पुगेका छन्।
काठमाडौं महानगरपालिका, ललितपुर महागरपालिकालगायतका दमकलले आगो निभाइरहेका छन्।



भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए ।








