काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा दिपक निधी तिवारी नियुक्त भएका छन् ।
कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
तिवारीलाई माघ ११ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले नेप्से मार्फत जनाएको छ ।











