काठमाडौं– एनसेलले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ । समझदारी अनुसार एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणालीअन्तर्गत १३ वटा प्रकोपका बारेमा आम जनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले एक कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि महानिर्देशक डा. जगदिश्वर कर्माचार्यले भने, ‘कुनै प्राकृतिक विपद् घट्नु भन्दा अगावै प्राप्त हुने पूर्व सूचना त्यस जोखिमबाट बच्न सफल मानिसका लागि जीवनदान सरह हुन्छ । ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरुप पूर्व सूचना प्रवाहका लागि गरिएको यो सहकार्य एक उत्कृष्ट उदाहरण हो ।’



एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘जल तथा मौसम विज्ञान विभागसँग १३ वटा विपद्बारे पूर्वसूचना प्रणालीमा समेट्ने गरी सहकार्य गर्न पाएकोमा गौरवान्वित छौं । हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्घता अनुरुप गरिएको यो कार्य एक कोशेढुङ्गा हो ।’ पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसलाई सम्भावित जोखिमको बारेमा सुचित गर्दै आ–आफ्ना सामान लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ ।
त्यसैगरी विपद् पूर्वयारी तथा प्रतिकार्यमा संलग्न संघसंस्थालाई समयमा नै आवश्यक कार्य गर्न सहयोग पुर्याउँछ । सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरि बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसलाई पूर्वसूचना








