काठमाडौं : उद्योगपति, व्यावसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ ।
गोल्छाकी आमा पुखराज देवी गोल्छाको मंगलबार साँझ निधन भएको हो । स्व. गोल्छाको ८४ वर्षको उमेरमा मंगलबार राति साढे ९ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।



स्व. गोल्छाका ४ छोरा छन् । स्व. गोल्छाको अन्तिम संस्कार बुधबार दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।








